नेत्रविक्रम चन्द‘ विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरु स्थानीय निर्वाचनमा सहभागी हुनका लागि उपायको खोजीमा जुटेका छन्। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा दल दर्ता गर्न गत फागुन १५ गतेसम्मको म्याद दिएको थियो। तर तोकिएको समयमा दल दर्ता नगराएको नेकपाका नेताहरु अहिले आएर दल दर्ता गर्न सक्रिय भई लागेका हुन्। दल दर्ताको प्रक्रिया बुझ्न नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा बिहीबार निर्वाचन आयोग पुगेका थिए। वैधानिक रुपमा दल दर्ताको प्रक्रियामा कसरी जान सकिन्छ भन्ने विषय