ट्रस्ट र प्रतिष्ठानका नाममा छुट्याइएको बजेट प्राथमिकताका क्षेत्रमा खर्चिन मुख्यमन्त्री पोखरेलको निर्देशन

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ट्रस्ट तथा प्रतिष्ठानका नाममा विनियोजित बजेट प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्चिने व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् । आगामी आर्थिक वर्षको बजेटमा व्यक्तिको नामसँग जोडिएका ट्रस्ट तथा प्रतिष्ठानका नाममा रकम विनियोजन भएको नागरिकस्तरबाट व्यापक विरोध आएपछि मुख्यमन्त्री पोखरेलले उक्त निर्देशन दिएको उनका प्रेस संयोजक भरत कोइरालाले जानकारी […]

सम्बन्धित सामग्री

चौतर्फी आलोचनापछि गण्डकी प्रदेशमा आफन्तका नाममा छुट्याइएको बजेट फिर्ता

कास्की - गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री र नेताका बुबाआमाकाे स्मृतिमा स्थापित कोषलाई छुट्याइएको बजेट चौतर्फी आलोचनापछि फिर्ता हुने भएको छ । स्मृति कोष, पार्कलगायतमा छुट्याइएको बजेट आम नागरिकको भावनालाई कदर गर्दै प्रदेशको प्राथमिकता क्षेत्रमा खर्च गर्ने व्यवस्था मिलाउन मुख्य मन्त्री  कृष्णचन्द्र नेपाली पोखरेलले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनु भएको हो । नागरिकस्तरबाट व्यापक विरोध भएपछि आउँदाे आर्थिक वर्षको बजेटमा व्यक्तिको नामसँग जोडिएका ट्रस्ट तथा प्रतिष्ठानका नाममा विनियोजन भएको रकम प्राथमिकताका क्षेत्रमा खर्च...