सेती नदीको टापुमा ५० जना फसे, पश्चिम नेपालमा मात्रै एक हजार बढी घर परिवार प्रभावित

काठमाडौं। मनसुनपछिको बेमौसमी वर्षासँगै सेती नदीमा आएको बाढीमा ५० जना फँसेका छन्। बैतडीको सिगास गाउँपालिका ५ मा पर्ने डुंगाड बस्तिमा सेती नदी पसेपछि ५० जना फँसेका हुन्। सो स्थानमा पानीले बस्ति नै डुबाएको छ भने उनीहरु नदीले काटेर बिचमा बनाएको टापुमा उद्धारको प्रतिक्षामा छन्।

सम्बन्धित सामग्री

गैंडाकोटको बोटे वस्तीमा बाढी पस्यो, २० घर परिवार विस्थापित

२९ साउन, काठमाडौं । नारायणी नदीको बाढी बस्तीमा पसेपछि गैंडाकोटको बोटे गाउँका २० घर परिवार विस्थापित भएका छन् । गएराति लेदो माटोसहितको बाढी वस्तीमा पसेपछि उनीहरु विस्थापित भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । नारायणीको बाढीको सतह बढेर जोखिमको सम्भावना बढेपछि प्रहरी प्रशासनले सूचना जारी गर्दै सुरक्षित स्थानमा जान आग्रह गरेको थियो । त्यसपछि […]

बाढी बस्तीमा प्रवेश गरेपछि ११ घर–परिवार विस्थापित

तीन दिनदेखि परेको वर्षाका कारण बुढी खोलाको बाढी बस्तीमा प्रवेश गर्दा सुनसरी बर्जुका ११ घर–परिवार विस्थापित भएका छन्।...

बाढी बस्तीमा प्रवेश गरेपछि ११ घर–परिवार विस्थापित

तीन दिनदेखि परेको वर्षाका कारण बुढी खोलाको बाढी बस्तीमा प्रवेश गर्दा सुनसरी बर्जुका ११ घर–परिवार विस्थापित भएका छन्।...

दोलखाको भिरकोट माझीबस्तीमा सुक्खा पहिरो, ११ घर परिवार विस्थापित

२० भदौं, काठमाडौं । दोलखाको तामाकोशी–१ भिरकोट माझीबस्तीमा सुक्खा पहिरो जाँदा ११ घर परिवार विस्थापित भएको छ । माझीबस्तीको माथिल्लो भागमा रहेको कुरी भिरबाट सोमबार दिउँसो सुक्खा पहिरो खस्दा भिरकोटका ११ घर परिवार विस्थापित भएको वडा अध्यक्ष वसन्त थापाले जानकारी दिए । आज दिउँसो उक्त भिरबाट एक्कासी सुक्खा पहिरो खसेको र पहिरो झर्ने क्रम नरोकिएको […]

२४ सय घर परिवार उद्धारको पर्खाइमा

विराटनगर, साउन १९ । सप्तकोसी नदी ३४ वर्षपछि पुरानै धारमा फर्किएको छ । कोसीले पुरानै बाटो पहिल्याउँदा सप्तरी र उदयपुरका दर्जनौं बस्ती डुबानमा परेका छन् । सप्तकोसीले उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका बस्ती डुबाएको हो । अहिले जहाँ कोसीको बाढी पसेको छ २०४५ सालअघि यही ठाउँबाट कोसी बग्ने गरेको स्थानीयले बताएका छन् । […]

कोशी कटानले ४ हजार घर परिवार उच्च जोखिममा

डुम्रिबोट (उदयपुर) । अबिरलको वर्षासँगै आएको बाढीले सप्तकोशी नदी कटानको परराष्ट्र मन्त्री डा. नारायण खड्काले स्थलगत अनुगमनपछि तत्काल रोकथाम गर्न निर्देशन दिएका छन् । नदि कटान रोकथामका लागि कुनै पनि कसरत बाँकी नराख्न निर्देशन दिए । नदी कटान नियन्त्रणका लागि साधान श्रोत बजेटमा कुनै पनि कमी नहुने परराष्ट्रमन्त्री डा. खड्काले जानकारी दिए । तत्काल कोशी […] The post कोशी कटानले ४ हजार घर परिवार उच्च जोखिममा appeared first on राजधानी राष्ट्रिय दैनिक.

डुबानका कारण विराटनगरका १५ सय घर परिवार विस्थापित

मंगलबार बिहानैदेखि परेको अविरल वर्षाका कारण विराटनगरमा सयौँ घर परिवार विस्थापित भएका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले दिएको जानकारी अनुसार विराटनगरको वडा नम्बर १, २, ४, ६, ७, ८, ११, १२, १६ र १९ नम्बर वडाका १ हजार ५ सय घरपरिवार डुबानमा परेका छन् । यस्तै सुन्दरहरैचा ६ गछिया खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैचा ६ कै ५८ वर्षीय रामबहादुर विक हुन् । दाहालले दिएको जानकारी अनुसार सुनवर्षी नगरपालिका, केराबारी गाउँपालिका, बेलबारी नगरपालिका, कटहरी गाउँ

पहिरोले दुई गाउँ जोखिममा २१ घर परिवार विस्थापित

म्याग्दी । बेनी नगरपालिका–३, भकिम्ली तोराखेतको पहिरो नियन्त्रणको कुनै उपाय नभएपछि दुईवटा वडाका दुई गाउँ उच्च जोखिममा परेका छन् । २०६२ सालदेखि खस्न थालेको यो पहिरोले वर्षेनि भीषण रुप लिँदै गएपछि स्थानीय सरकारको बजेटले नियन्त्रण गर्नै नसकिने अवस्थामा पुगेको सरोकारवालाले बताएका छन् । पहिरो नियन्त्रणको पहल नहुँदा बेनी नगरपालिका–३, तोराखेत र बेनी नगरपालिका–२, बगरफाँटका ३० भन्दा बढी घर उच्च जोखिममा परेका छन् । पहिरोकै कारण तोराखेतका १७ र बगरफाँटमा ४ घर परिवार विस्थापित भएका छन् । २०७२ सालको भूकम्पका कारण जमिनको सतह खल्बलिएपछि पहिरो थप जोखिमपूर्ण बनेको नेपाली कांग्रेस म्याग्दीका पूर्वसचिव मीनबहादुर कार्कीले बताए । शुक्रवार पहिरो निरीक्षणका लागि तोराखेत पुगेका कार्की र नेपाली कांग्रेस म्याग्दीका नेता तथा भकिम्लीका स्थानीयवासी दुर्गाराम सुवेदीले त्यहाँको करिब एक किलोमिटर क्षेत्रफल ओगटेको चट्टानयुक्त जमिनका दर्जन बढी ठाउँमा ठाडो चिरा परेको र मुख्य पहिरोको तलपट्टिका बस्ती र जग्गा पहिलाको स्थानभन्दा तल सरेको जानकारी दिए । माथिबाट पहिरो आउने र घरजग्गा रहेको जमिन तलतर्फ भासिने क्रम बढेपछि तोराखेत पहिरो वरपरको क्षेत्रमा बसोवास गर्ने १७ घर परिवारलाई स्थानान्तरण गरी ज्यामरुककोटको भकुण्डे, फापरखेत र बगरफाँटमा राखिएको बेनी नगरपालिका–२, ज्यामरुककोटका वडाअध्यक्ष हिराबहादुर थापाले बताए । तल विशाल चट्टाने पहरो, बीचमा भिरालो जमिन र सोही स्थानमा वस्ती रहेको तोराखेत गाउँभन्दा करिब ३०० मीटर माथिबाट भकुण्डे–भकिम्ली जोड्ने कच्ची मोटरबाटो छ । भकिम्लीको चिनाखेत कटेपछि भकिम्ली र ज्यामरुककोटको सीमानजिक पर्ने सात्लेपानीसम्मको अधिकांश भाग चर्केको, धाँजा फाटेको र सोही क्षेत्र वरपर पानीका मूल रहेकोले पनि वर्षाको समयमा पहिरोको खतरा बढेको स्थानीयले बताएका छन् । कमजोर भू–बनोट भएको भिरालो गाउँ, गाउँको सिरानमा मोटरबाटो, मोटरबाटोसँगैको पहरो फुटेर बगेको चट्टाने पहिरो, जंगल र जंगल क्षेत्रमा रहेका पानीका मूलहरूको कारण पनि सो पहिरो तोराखेत र बगरफाँटवासीका लागि खतरापूर्ण रहेको पहिरो निरीक्षणका लागि पुग्ने राजनीतिक दलका नेता, सरोकारवाला निकायका प्रतिनिधि र स्थानीय जनप्रतिनिधिले बताउँदै आएका छन् । तोराखेत गाउँमाथिको चट्टाने पहिरोबाट बेनी नगरपालिका २ को बगरफाँटलाई ठूलो खतरा छ । तोराखेतको पुछारमा रहेको धुपीरुखतर्फको पहिरोले बगरफाँट उच्च जोखिममा परेको सरोकारवालाले बताए । भिरालो जमिनमाथिबाटै लच्किँदै आएको कारण विगत वर्षहरूमा भन्दा यस वर्षको बर्खायाममा बगरफाँट गाउँ खतरायुक्त रहेको बताइएको छ ।

बाढीका कारण १६५ घर डुबानमा, ८० घर परिवार विस्थापित

काठमाडौं। नेपाल प्रहरीका अनुसार बाढीको कारण देशभर १६५ वटा घर डुबानमा परेका छन्। डुबानमा परेकामध्ये ७४ वटा घर, ५ वटा गोठ, ६ वटा पुल र ६ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ८० वटा घर परिवार विस्थापित भएका छन् भने ४९२ वटा पशु चौपायाको मृत्यु भएको प्रहरीले जनाएको छ। अविरल वर्षाको कारण देशभर ९९ वटा विपदजन्य घटना भएका छन्।