पाटनको कृष्ण मन्दिर वरपर धित मर्ने गरी अँगालो मार्न नपाएर लाखापाखा लागेका ठिटाठिटीहरू मलिन अनुहार बनाएर अँध्यारो कुनामा भेला भए । ‘तिमीहरूलाई पनि सुड्डोहरूले लखेटे हो ?’‘हो नि, कस्तो मज्जाले अँगालोमा बेरिएर आनन्द लिइरहेको बेला सुड्डोहरू मन्दिरमा बसेर के गरेको हँ भन्दै आए । आफ्नो संसार भुलेर अर्कै दुनियाँमा पुगेको बेला पहिले त वास्ता पनि गरिएन । पछि त ठिसहरूले अति नै डिस्टर्ब गरे भन्या । मन्दिरको टुँडालमा हेर न, त्यसकै सिको गर्या भनेर सुड्डोहरूलाई थुतुनोभरीको जवाफ दिन मन थ...