म्याग्दी : मुख्य सडकबाट अव्यवस्थित रूपमा टोलटोलमा सडक पुर्याउने होडबाजीले गर्दा म्याग्दीका ग्रामीण र बजार क्षेत्रमा भू–क्षय र प्राकृतिक विपत्तिका घटना बढ्दै गएको छ।गत साउन १६ गते पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा पहिरोमा पहिरोमा परेर एकै परिवारका पाँचजनाको मृत्यु भयो।गाउँमाथि र तलबाट खनिएको सडकका कारण पहिरो गएको प्रारम्भिक अध्ययनले देखायो। रुममा मात्रै होइन म्याग्दीका अधिकांश पहिरो, भू–क्षय र प्राकृतिक विपत्तिको कारण अव्यवस्थित रूपमा खनिएका टो