बाग्लुङ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडलले पदका लोभीहरूले मात्रै पार्टी छाड्ने गरेको टिप्पणी गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र) जैमिनी नगरपालिका बाग्लुङले आज आइतवार आयोजना गरेको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै माओवादीका नेतासमेत रहनुभएका उहाँले यस्ताे बताउनुभएकाे हाे ।
पौडेलले माओवादीबाट एमालेमा गएका पूर्वमाओवादी नेताहरूतर्फ लक्षित गर्दै पार्टीलाई माया गर्नेहरू माओवादीमै रहेकाले पद लोभीहरूले मात्रै पार्टी छाडेको दाबी गर्नुभयाे । माओवादीबाट गएका क...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको ‘बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति’ को आज अवलोकन गरेका छन् ।
मन्त्री पौडेललाई मन्त्रालयका विज्ञान हेर्ने सचिव तथा समितिका अध्यक्ष सुरेश आचार्यलगायत पदाधिकारीले समितिका काम, उपकरण र भइरहेका अनुसन्धानबारे अवगत गराएका थिए । ‘विकास समिति ऐन, २०१३’ बमोजिम गठित सो समितिको कार्यालय र गतिविधिबारे जानकारी लिन मन्त्री पौडेल त्यहाँ पुगेका...