मन्त्री पौडेलद्वारा विज्ञान सङ्ग्रहालयको अवलोकन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको ‘बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति’ को आज अवलोकन गरेका छन् ।     मन्त्री पौडेललाई मन्त्रालयका विज्ञान हेर्ने सचिव तथा समितिका अध्यक्ष सुरेश आचार्यलगायत पदाधिकारीले समितिका काम, उपकरण र भइरहेका अनुसन्धानबारे अवगत गराएका थिए । ‘विकास समिति ऐन, २०१३’ बमोजिम गठित सो समितिको कार्यालय र गतिविधिबारे जानकारी लिन मन्त्री पौडेल त्यहाँ पुगेका...