माओवादीका केन्द्रीय सदस्यले दस्तावेज पढ्न पाएनन्, प्रचण्ड भन्छन्– पत्रिकामा निक्लियो भने खल्लो हुन्छ !

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुले सोमबार बिहान भात खाएपछि मात्रै प्रचण्डको राजनीतिक प्रतिवेदन पढ्न पाउने भएका छन् । आइतबार बिहान पेरिसडाँडामा बसेको केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले दस्तावेजका शीर्षक र उपशीर्षकहरु मात्रै पढेर सुनाएका छन् ।‘भोलि (सोमबार) बिहान खाना खाएपछि मात्रै बन्दसत्र सुरु हुन्छ । बन्दसत्रका बेलामा चाहिँ यसलाई वितरण गरिन्छ’ आइतबारको बैठकमा अध्यक्ष प्रचण्डले भने, ‘ग्रुपमा अध्ययन गर्नेबेलामा नै सबै डिटेलमा पढ्ने, टिप्पणी गर्ने । हामी स्थायी समितिका