प्रहरीले कञ्चनपुरबाट डेढ लाख नगद र लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१२ ऐरीका २० वर्षीय सुदर्शन भारती रहेका छन् ।
काठमाडौं । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइराला घुससहित पक्राउ परेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीलाई उनलाई डेढ लाख नगद र साढे ४ लाख रुपैयाँको चेकसहित नियन्त्रणमा लिएको हो । अख्तियारका अनुसार औषधी आपूर्तिको बिल भुक्तानी दिएबापत उनले घुस मागेकी थिइन् । आइतबार अख्तियारले नियन्त्रणमा लिएर अहिले […]
काठमाडौं । धनुषाको शहीदनगर नगरपालिकाका इन्जिनियर रमेश कुमार चौधरी एक लाख रुपैयाँ नगद र डेढ लाख रुपैयाँको चेक घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चौधरीलाई नियन्त्रणमा लिएको हो । अख्तियारको टोलीले रमेशसँगै उनका साथी गुरुदेव यादवलाई पनि पक्राउ गरेको छ । उनीहरुले सेवा ग्राहीसँग वाल निर्माण पश्चातको भुक्तानीका लागि घुस […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका नायव निरीक्षक (सई)लाई ५० हजार नगद तथा डेढ लाख रुपैयाँको चेकसहित काठमाडौंको नयाँबानेश्वरबाट पक्राउ गरेको छ ।
पोखरामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ गरेका छन् । पोखरा–१४ नहरचोकमा अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई डेढ लाख रुपैयाँ नगदसहित प्रहरीले पक्राउ गरेको हो ।भारतको मोतिहारी त्रुकौलिया थाना घर भएका ईम्ताजया आलमले नहर चोकमा जग्गा भाडामा लिई बनाएको ब्लकको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नगद एक लाख ५६ हजार ३९५ र १ बुक ताससहित पक्राउ गरिएका उनीहरुलाई कानुनी प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।
दाङ - दाङमा करिब डेढ लाख रुपैयाँ नगदसहित जुवाको खालबाट ६ जना पक्राउ परेका छन् ।
शनिवार बेलुका घोराही उपमहानगरपालिका-१५ मा रहेकाे एक होटलमा जुवा खेलिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय घोराहीबाट गएको टोलीले होटल सञ्चालकसहित ६ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकृत एवम् प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।
उनीहरुलाई नगद एक लाख ३९ हजार रुपैयाँ र एक गड्डी ताससहित पक्राउ गरिएको प्रहरीले जनाएकाे छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जना...