काठमाडौं । टीकापुरमा भएको नरशंहारमा संलग्न भएको पुष्टि गर्दै जिल्ला अदालत कैलालीले सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएपछि राष्ट्रिय जनता पार्टी रुष्ट भएको छ ।
७२ भदौ ७ मा भएको ...
कृषिमन्त्री बेदुराम भुसालले लम्पी स्कीन रोगबाट मरेका पशुको क्षतिपूर्ति सरकारले दिन नसक्ने बताएका छन् । उनले पीडित किसानलाई क्षतिपूर्ति नदिए पनि केही राहत भने दिइने जानकारी दिए । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बिहीबार मन्त्री भुसालले क्षतिपूर्ति दिन स्रोतको अभाव भएको भन्दै सरकारको तर्फबाट किसानलाई राहत दिन कार्यविधि बनिरहेको बताए । […]
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ओरियन्टल सहकारीपीडितलाई आफ्नो क्षतिपूर्ति दाबी गर्न आउन आह्वान गरेको छ । समितिले विभिन्न सञ्चारमाध्यममा सूचना जारी गर्दै ओरियन्टलपीडितलाई लिनुपर्ने रकमको प्रमाणसहित समितिमा हाजिर हुन आह्वान गरेको हो ।
समितिले...
खलङ्गा- जुम्लाका स्याउ किसानले क्षतिपूर्ति पाएका छन् । असिना र खडेरीका कारण स्याउ नष्ट भएपछि उनीहरूले क्षतिपूर्ति पाएका हुन् । शेखर इन्स्योरेन्स कम्पनी लिमिटेड जुम्लाले जिल्लाका एक हजार ४ सय २० स्याउ किसानलाई रु दुई करोड ७८ लाख क्षतिपूर्ति उपलब्ध गराएको जनाएको छ । कम्पनीका कर्णाली प्रमुख ऋषिराम पाण्डेले भने ,मौसम सूचकाङ्कका आधारमा बीमा गरेका […]
जुम्लाका स्याउ किसानले क्षतिपूर्ति पाएका छन् । असिना र खडेरीका कारण स्याउ नष्ट भएपछि उनीहरूले क्षतिपूर्ति पाएका हुन् । शखर इन्स्योरेन्स कम्पनी लिमिटेड जुम्लाले जिल्लाका एक हजार ४ सय २० स्याउ किसानलाई रु दुई करोड ७८ लाख क्षतिपूर्ति उपलब्ध गराएको जनाएको छ । कम्पनीका कर्णाली प्रमुख ऋषिराम पाण्डेले भने, “मौसम सूचकाङ्कका आधारमा बीमा गरेका स्याउ किसानलाई क्षतिपूर्ति बापत रकम भुक्तानी गरेका छौं ।” उनका अनुसार जिल्लाका आठ स्थानीय तहका किसानलाई उक्त दाबी भुक्तानी दिएको छ
अमेरिकाका एक पूर्व चिकित्सकको यौन दुर्व्यवहारबाट पीडित दर्जनौँ महिलाले ठुलो क्षतिपूर्ति रकम पाउने भएका छन् । महिला जिम्न्यास्टिक राष्ट्रिय टोलीका पूर्व चिकित्सक डा. ल्यारी नासरको दुर्व्यवहारबाट पीडित महिलाले कूल ३८ करोड डलर क्षतिपूर्ति पाउने भएका हुन् । यौन काण्डको वर्षौँपछिको कानुनी लडाइँपछि अमेरिकी जिम्न्यास्टिक र मिसिगन स्टेट युनिभर्सिटीले पीडितलाई क्षतिपूर्ति दिन सहमति जनाएको हो । […]
काठमाडौं, भदौ २० । वैदेशिक रोजगारीको नाममा ठूलो रकम ठगी हुँदा क्षतिपूर्ति भने निकै थोरैले पाउने गरेको पाइएको छ। वैदेशिक रोजगार विभागमा पछिल्लो ६ वर्षको तथ्यांक केलाउँदा अर्बौं रूपैयाँको ठगी हुँदा निकै थोरैले क्षतिपूर्ति पाउने गरेको तथ्य फेला परेको हो। हरेक वर्ष एक अर्ब रूपैयाँ हाराहारी वैदेशिक रोजगारीको नाममा ठगी हुँदा औसतमा १०–१२ करोड रूपैयाँ […]