काठमाण्डाै – सत्तारुढ कांग्रेसकै नेताहरूको समेत विरोधका बाबजुद सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज बुधवार अध्यादेश जारी गर्नुभएको छ । अध्यादेश जारी भएसँगै एमालेको माधव नेपाल समूह नयाँ दल गठनको तयारीमा जुटेको छ । एमालेको नेपाल पक्ष र जसपाको महन्थ ठाकुर पक्षलाई अर्को दल खोल्ने बाटो सहज बनाइदिएर आफ्नो आयु टिकाउनकै लागि सरकारले अध्यादेश ल्याएको हो । अध्यादेशमा पार्टी केन्द्रीय सदस्य वा संसदको बीस प्रतिशत सदस्यले चाहेमा अर्को दल गठन गर्न सक्ने व्...