काठमाडौँ – नेपाल सरकारले आजदेखि खोप सञ्जाल, विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ र अन्य साझेदारहरूसँगको सहकार्यमा राष्ट्रिय नियमित खोप कार्यक्रमअन्तर्गत टाइफाइड खोपको सुरुवात गरेको छ । यही चैत्र २५ देखि वैशाख १८ सम्म चल्ने यस राष्ट्रिय टाइफाइड खोप अभियानले १५ महिनादेखि १५ वर्षका बालबालिकालाई लक्षित गर्दै टाइफाइडबाट सुरक्षा हासिल गर्ने उद्देश्य लिएको छ । साथै यस […]
संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ)ले कोभिड १९ महामारी तथा हाल कायम रहेको असमानताका कारण नेपालले महिला तथा बालबालिकाको पोषणमा हासिल गरेका उल्लेखनीय उपलब्धिहरू जोखिममा रहेको बताएको छ ।
कोभिड–१९ महामारीका कारण संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यबमोजिम नेपाली बालबालिकाको पुड्को र ख्याउटेपनको न्यूनीकरणमा अपेक्षित प्रगति हुन नसक्ने देखिएको छ । दिगो विकास लक्ष्यले निर्दिष्ट गरेको सूचकअनुसार बालबालिकामा ‘आवश्यक गतिमा’ प्रगति हुन नसकेको पुड्को र ख्याउटेपनको यो अवस्था अझ बिग्रनसक्ने सम्भावना रहेको राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले जनाएको छ । नेपालमा महिला तथा बालबालिकाको पोषणमा हासिल …