२०७८ जेठ २९ मा प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले झन्डै तीन महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिए तर विस्तारित मन्त्रिपरिषद्ले स्थिर हुन सकेन । छिटो–छिटो मन्त्री फेरबदल भइरहँदा त्यसको असर मन्त्रालयको नीति र योजना कार्यान्वयनमा पर्ने गरेको छ ।