कैलालीमा भारी वर्षा, अधिकांश स्थान जलमग्न

कैलालीमा बिहीबारदेखि भारी वर्षा सुरु भएको छ । बिहीबार दिउँसो देखि भइरहेको वर्षाका कारण धनगढी र आसपासका क्षत्र जलमग्न बनेका छन् । वर्षाका कारण प्रदेशको स्थायी राजधानी धनगढी बजार क्षेत्र जलमग्न बनेको छ । वर्षाका कारण दशैको टिका थाप्न हिँडेका नागरिक समेत अलपत्र परेको छन् ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार वर्षाका कारण हाल सम्म कुनै क्षतिको विवरण भने आएको छैन । ‘अहिले सम्म वर्षाका कारण क्षति भएको कुनै विवरण आएको छैन,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद

सम्बन्धित सामग्री

असिनापानीसहित भारी वर्षा

बागमती प्रदेशको राजधानी हेटौँडा र यसको आसपासका क्षेत्रमा भारी वर्षा भइरहेको छ । हावाहुरीसहित आएको असिनापानीले विभिन्न ठाउँमा क्षति पुर्याएको छ । हावाहुरी र चट्याङसमेत आएकाले जनजीवन प्रभावित भएको छ ।...

पूर्वमा हल्का र पश्चिममा भारी वर्षा

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पूर्वी भेगमा हल्का र पश्चिममा भारी वर्षा हुने भएको छ । महाशाखाका अनुसार गण्डकी र लुम्बिनीमा भारी वर्षा भइरहेको छ । पाल्पामा सबैभन्दा बढी १४३ मिलिलिटर वर्षा भएको छ । त्यसपछि लुम्बिनीको रुपन्देहीमा ११९ मिलिलिटर वर्षा भएको छ । मौसमविद् मञ्जु बासीका अनुसार आज गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा भइरहेको छ । बागमती र अन्य प्रदेशमा मध्यम तथा हल्का वर्षा भइरहेको छ ।“देशभर पानी परेको छ, मौसममा बदली भएको छ, पश्चिममा भारी वर्षा भइरहेको छ”, उनले भने,

ढाकामा भारी वर्षा

बंगलादेशको राजधानी ढाकाका भारी वर्षा भएको छ । बुधबार भएको भारी वर्षाका कारण होचो क्षेत्रका रहेका बस्ती जलमग्न बनेका छन् । वर्षाका कारण सडक यातायात अवरुद्ध भएको त्यहाँका संचार माध्यमहरूले जनाएका...

सिन्धुपाल्चोकमा भारी वर्षा

सिन्धुपाल्चोक :  जिल्लाका विभिन्न स्थानमा भारी वर्षा भएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार सिन्धुपाल्चोकको चौतारा, काभ्रेपलाञ्चोकको पाँचखाल, खोपासी र आसपासको क्षेत्रमा भारी वर्षा भइरहेको छ।पछिल्लो एक घण्टामा खोपासीमा ४५.२ मिलिमिटर वर्षा भएको छ्। त्यस्तै चौतारामा ४४ तथा पाँचखालमा ३०.४ मिलिमिटर वर्षा भएको छ। वर्षा भइरहेका स्थानका चाँखोला, झिकुखोला, रोशी खोला, इन्द्रावती लगाएत सो क्षेत्र भइ बहने स–साना नदीहरूमा बहाव बढ्ने भएकाले उच्च सतर्कता अपनाउन अपिल गरिएको छ।

दैलेखको ग्वाँटीमा भारी वर्षा

दैलेखको ग्वाँटी र आसपासको क्षेत्रमा भारी वर्षा भएको छ ।  जल तथा मौसम विज्ञान विभागले पछिल्लो तीन घण्टामा ग्वाँटीमा ८७.६ मिलिमिटर र कट्टीमा ४१.८ मिलिमिटर वर्षा भएको छ ।  अत्यधिक वर्षा मापन...

काठमाडौं उपत्यकामा भारी वर्षा, बागमतीमा बाढी आउनसक्ने

काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रमा अहिले भारी वर्षा भइरहेको छ । त्यसमा पनि काठमाडौंको धाप र सुन्दरीजल तथा भक्तपुरको नगरकोट क्षेत्रमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  सबैभन्दा...

वर्षकै भारी वर्षा

दुई दिनयता यस वर्षकै सबैभन्दा भारी वर्षा भएको छ । यसअघि दुई महिनाको मनसुन अवधिमा पूर्वानुमान गरिए अनुसार सरदरकै आसपासमा वर्षा भएको थियो । तेस्रो महिनाको मध्यतिर आइपुग्दा नेपालमा यस वर्षकै भारी वर्षा भएको जल तथा मौसम  विज्ञान विभागको जलवायु विश्लेषण शाखाले औँल्याएको छ । शाखा प्रमुख मौसमविद् इन्दिरा कँडेलका अनुसार १३ वटा वर्षा मापन केन्द्रमा अति भारी वर्षा  भएको देखिएको छ । अति भारी वर्षा रेकर्ड भएका स्थान पूर्वी र पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु,सिन्धुली,चितवन  र धन

लगातार तीन दिन देशका विभिन्न स्थानमा भारी वर्षा हुने

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले अबका तीन दिन देशका विभिन्न स्थानमा भारी वर्षा हुने जनाएको छ। आज प्रदेश–१, प्रदेश–२, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान महाशाखाको छ। भोलि आइतबार प्रदेश–१, प्रदेश–२, बागमती र गण्डकी प्रदेशमा नै भारी वर्षा हुनेछ। सोमबार पनि प्रदेश–१, प्रदेश–२, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने विभागले जनाएको छ।

भारी वर्षा शनिबारसम्मै कायम रहने

१७ असार, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भारी वर्षा भएको छ । प्रदेश १, २, बागमती र गण्डकीमा बुधबार रातिदेखि वर्षा सुरु भएको हो । केही ठाउँमा भारी वर्षा भएको छ भने धेरै ठाउँमा सामान्यदेखि भारी वर्षा भएको छ । मध्यमदेखि भारी वर्षा शनिबारसम्मै कायम रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका […]