सिलन्यासबाट अघि बढेन पुल निर्माण कार्य

उदयपुर, भोजपुर र खोटाङ जिल्लाको सिमानामा पर्ने सुनकोसी नदीमा दुई वटा पक्की पुल निर्माण कार्यको सिलान्यास भएको चार वर्ष बितेपनि निर्माण कार्यले गति लिन सकेको छैन ।उदयपुर, भोजपुर र खोटाङ जिल्लालाई सडक सञ्जालमा जोड्ने उद्देश्यले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ भदौ ३१ गते उदयपुरको रानीटार र धाप्लांगघाटस्थित सुनकोसी नदीमा एकै दिन दुई वटा पुल […]

सम्बन्धित सामग्री

खार्पुको पक्की पुल निर्माण अझै अगाडि बढेन

सिमकोट – कर्णाली करिडोरमा पर्ने खार्पुनाथ गाउँपालिका– ५ को खार्पुमा निर्माणाधीन पक्की पुल निर्माण अझै अगाडि बढ्न सकेको छैन। पुल निर्माणका क्रममा गत साउनमा दोजाम कर्णाली नदीमा पानीको बहाब बढेर निर्माण स्थलमा पसेको पानी हालसम्म नरोकिएको कारण निर्माण अगाडि नबढेको हो। हिल्सा–सिमकोट सडक आयोजनाको योजना प्रमुख बेलबहादुर नेपालीका अनुसार पुल निर्माण अझै अगाडि बढ्न नसकेको […]

श्रमिकको गुनासो : महंगी बढ्यो तर ज्याला बढेन

पाल्पा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–३ स्थित कौवा वनका ४० वर्षीय जुलन माझीलाई अन्तरराष्ट्रिय श्रमिक दिवसबारे केही जानकारी छैन । दैनिक मजदूरीमा व्यस्त रहने माझीलाई आइतवार पनि कामले फुर्सद दिएको छैन । उनी आइतवार पनि पाल्पाको रामपुरमा सडक निर्माणको काममा बिहानैदेखि खटिएका देखिन्थे । उनको मजदूरी १० वर्षको उमेरदेखि नै शुरू भएको हो । सडक निर्माण, भवन तथा पुल निर्माण, पुलेसा निर्माण तथा सामान ओसारपसार लगायतका क्षेत्रमा उनले पहिलेदेखि नै मजदूरी थालेका हुन् । आइतवार श्रमिक दिवस मनाउँदै गर्दा उनले श्रम गर्न थालेको नै ३ दशक नाघिसकेको छ । श्रमिक दिवसको दिन उनी निरन्तर काममै देखिन्थ्ये । ‘श्रमिक दिवस भनेको के हो ?’ उनले भने, ‘हामीलाई त जहिल्यै काम गर्नुपर्छ । काम नगरेको दिन घरमा चुल्हो बल्दैन ।’ मजदूरी गरेबापत दैनिक ६०० रुपैयाँ ज्याला बुझ्छन् उनी । त्यसैबाट चलाउँछन् ४ छोराछोरीसहित परिवारको गुजारा । पर्साकै २५ वर्षीय राजु माझी मजदूरीमै व्यस्त छन् । बिहानदेखि साँझसम्म सडक कालोपत्र गर्ने काममा खटिरहन्छन् उनी । आइतवार परेको मजदूर दिवसबारे उनी पनि बेखबर रहेछन् । ‘श्रम नगरी खान पुग्दैन, अर्काले कमाएर देला भन्ने आश के गर्नु ?’ उनी भन्छन्, ‘घरमा छोराछोरी, श्रीमती पाल्नै पर्‍यो, आफ्नो दुःख आफैसँग छ, हामीले दैनिक काम गर्ने अवसर पाए पुग्छ ।’ गुल्मीको कालीगण्डकी गाउँपालिका–४ पुर्तिघाटका ३० वर्षीय टीकाराम पुनलाई घरको गारो लगाउन मजदूर दिवसकै दिन भ्याइनभ्याइ छ । मे १ तारिख अर्थात् आइतवार मनाइने श्रमिक दिवसबारे उनलाई जानकारी त छ । तर, दिवसले उनको दिनचर्यामा कुनै फरक पारेको छैन । ५ वर्षदेखि श्रम गर्दै आएका उनले दैनिक ज्याला ७५० रुपैयाँ पाउने बताए । तर, कुनै दिन कारणबस १ घण्टा ढिला भयो भने उनको ज्याला काटिन्छ । श्रमिक दिवस मनाइरहँदा समयानुसार पारिश्रमिक वृद्धि, गाउँघरमा नै रोजगारी, विदेशिएकालाई स्वदेशमै बस्ने वातावरण मिलाइदिन सरकारसँग उनीहरूले माग गरेका छन् । रामपुर नगरपालिका–७ बहखोला बस्ने ४२ वर्षीय नेत्रबहादुर रानाले विगत ६ वर्षदेखि मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका छन् । पछिल्लो समय गाउँमा निर्वाचनको चहलपहल बढेको छ । चुनावसँगै गाउँ पुगेका नेता, कार्यकर्ताले उनलाई  विभिन्न आश्वासन भने दिइरहेका छन् । तर निर्वाचन सकिएपछि भने नेता दैलोमा फर्केर नआउने भएकाले उनलाई नेता कार्यकर्ताको भनाइप्रति कत्ति पनि विश्वास छैन । सरकारले श्रमिक मजदूरको हकहितका लागि उपलब्धिमूलक काम गर्न नसक्दा यसरी अनौपचारिक क्षेत्रमा काम गर्ने प्रायः मजदूर असन्तुष्ट छन् । राज्यले तोकेको न्यूनतम पारिश्रमिक पनि पाउन नसकेको श्रमिकहरूको गुनासो छ । उहिलेको ज्यालामा काम गरिरहनु परेको, तर बजारमा वस्तु तथा सेवाको भाउ निरन्तर बढिरहेको उनीहरूको गुनासो छ । रासस

शिलन्यास भएपनि पुल निर्माण अघि बढेन

उदयपुर, भोजपुर र खोटाङ जिल्लाको सिमानामा पर्ने सुनकोसी नदीमा दुई वटा पक्की पुल निर्माण कार्यको शिलान्यास भएको चार वर्ष बितेपनि निर्माण कार्यले गति लिन सकेको छैन ।उदयपुर, भोजपुर र खोटाङ जिल्लालाई सडक सञ्जालमा जोड्ने उद्देश्यले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ भदौ ३१ गते उदयपुरको रानीटार र धाप्लांगघाटस्थित सुनकोसी नदीमा एकै दिन दुई वटा पुल […]