जेठ २३, काठमाडौं । इक्रा नेपालले नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओलाई इक्रा एनपी आईआर बीबी प्लस रेटिङ प्रदान गरेको छ ।
यस्तो रेटिङले कम्पनीको समयमै दायित्त पुरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत देखाउँछ । उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनियता सम्बन्धी राय मात्र हो र यो कुनै खास ऋणपत्र विशेषको राय भने होइन ।
कम्पनीले यसअघि नै आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।
कम्पनीले ८ लाख २८ हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि रेटिङ गराएको हो । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन भने दिएको छैन ।
कम्पनीले चालू आवको तेस्रो त्रैमासम्ममा रू. १९ करोड ५० लाख नाफा कमाएको छ। गत आवको तेस्रो त्रैमासमा कम्पनीले रू. १७ करोड ६८ लाख नाफा कमाएको थियो । कम्पनीको चुक्तापूँजी रू. १७ करोड २१ लाख रहेको छ ।
चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ४६ करोड ६ लाख ६० हजार सञ्चित गरेको छ ।