पार्टी स्थायी कमिटीको निर्देशनविपरीत एमालेको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ ।
प्रदेश सभा संसदीय दलको बुधवार बसेको बैठकमा माधवकुमार नेपाल-झलनाथ खनाल पक्ष हावी हुँदा समर्थन फिर्ता नलिने निर्णय भएको हो ।
यसअघि पार्टी स्थायी कमिटी बैठकले माओवादी नेतृत्वका प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन र मन्त्रीहरूलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको थियो ।
कोरोना संकटको अवस्थामा समर्थन फिर्ता लिनु उचित नहुने भएकाले यस्तो निर्णय गरि...