यी हुन् मन्त्रीपरिषद् बैठकका पछिल्ला निर्णयहरू (निर्णयको सूचीसहित)

चैत २५, काठमाडौं । सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रवन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेको छ ।  चैत्र २४ गते बिहीवार बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रवन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेको हो ।  शुक्रवार मन्त्रीपरिषद्का निर्णय सुनाउँदै सञ्चार सूचना तथा प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रवन्धकमा वसन्तकुमार पाण्डेलाई नियुक्ति गरेको बताए । त्यस्तै सरकारले बुढीगण्डकी जलविद्युत आयोजना सम्बन्धी नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०७५/६/५ को निर्णय खारेज गरेको छ ।  प्रवक्ता कार्कीका अनुसार सरकारले अमलेगञ्ज सवस्टेशनको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने, पश्चिम सेती कोरिडोर ४०० केभी प्रशारण लाइन आयोजनाको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने, लाठीनाथ ३३ केबी प्रशारण लाइन तथा सवस्टेशनको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय गरेको छ ।  त्यस्तै कार्कीले सरकारले श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत विराटनगर ओखलढुङ्गा इजलासका न्यायाधीश वासुदेव आचार्यलाई तोकेको बताए ।  त्यस्तै काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन २०४५ को दफा २३ बमोजिम पुनरावेदन समितिको अध्यक्ष पदमा अदालतको कामकाज समेत गर्ने गरी उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौडेललाई तोकेको छ भने, राजश्व न्यायधीकरण पोखराको कानून सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पोखराका न्यायाधीश रमेशप्रसाद भण्डारीलाई तोक्ने, वैदेशिक रोजगार न्यायीकरणको अध्यक्ष पदमा उच्च अदालत जनकपुर वीरगञ्ज इजलासका न्यायाधीश डा. रवि शर्मा अर्याललाई तोक्ने, भूकम्पबाट प्रभावित संरचनाको पुनः निर्माण सम्बन्धी ऐन २०७२ को दफा २६ को उपदफा २ बमोजिमको पुनरावेदन समितिको अध्यक्षमा अदालतको कामकाज समेत गर्नेगरी उच्च अदालत पाटनका न्यायाधीश बालेन्द्र रुपाखेतीलाई तोक्ने, सैनिक विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाज समेत गर्नेगरी उच्च अदालत पाटनका न्यायाधीश महेशप्रसाद पुडासैनीलाई तोक्ने निर्णय भएको छ । त्यस्तै याक अनुवांशिक श्रोतकेन्द्र सोलुखुम्बुमा याक नाक चरणको लागि करिव १० रोपनी जग्गा प्राप्त गर्न स्वीकृत दिने, सुन्दरीजलस्थित सुरुङको प्रवेशद्वार नजिक उपयुक्त स्थानमा सन्त नेता एवं पूर्व प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराई (किसुनजी) को शालिक र शिलापत्र राख्न स्वीकृत प्रदान गर्ने, विभिन्न २० देशका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गर्ने, समस्याग्रस्त सहकारी संस्था, वा संघको व्यवस्थापन समितिका अध्यक्षमा महाप्रशासकीय अदालतका पूर्व अध्यक्ष काशिराज दाहाल र सदस्यमा केशवराज आचार्यलाई नियुक्ति तथा मनोनयन गर्ने निर्णय गरेको छ । २०७९ साल वैशाख १७ देखि १८ गतेसम्म अमेरिकाको कोलोराडोमा आयोजना हुने रक्की माउण्टेन च्याम्पियनशीप २०२२ कार्यक्रममा युवा तथा खेलकुद मन्त्रीको नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृत प्रदान गर्ने, हिदी खोला जलविद्युत आयोजना इन्टेक, अडिट र पावरहाउस लगायतका भौतिक पूर्वाधारहरु निर्माण गर्न लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका वडा नम्बर ६ र ७ मा रहेको राष्ट्रिय वन ४.२८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृत प्रदान गर्ने, विदुषी योगमाया आयुर्वेदिक विश्वविद्यालयको पूर्वाधार निर्माणका लागि सङ्खुवासभा खाँदबारी नगरपालिका वडा नम्बर ९ र भोजपुर जिल्ला षडानन्द गाउँपालिका वडा नम्बर ६ मा पर्ने जग्गा प्राप्त गरी उक्त जग्गामा विश्व विद्यालयको भवन तथा अन्य पूर्वाधार संरचना निर्माणका लागि निर्माणस्थल तोक्ने निर्णय पनि गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।  त्यस्तै सरकारले रोजगार अनुमति प्रणाली इपीएस मार्फत नेपाली नागरिकलाई रोजगारीको लागि दक्षिण कोरिया पठाउने सम्बन्धी समझदारी पत्र नवीकरण गर्ने, दक्षिण अफ्रिकाको डार्बनमा १ देखि ६ जेठ २०७९ मा आयोजना हुने फिट ग्लोवल कन्फ्रेन्स अफ इलिमिनेशन अफ चाइल्ड लेभर सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डललाई भाग लिन स्वीकृत प्रदान गर्ने, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी समितिको सदस्य पदमा रञ्जनकृष्ण अर्याल र प्रा. भगवानदास मानन्धरलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ । यी हुन् सबै निर्णयहरू हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रवन्धकमा श्री वसन्तकुमार पाण्डेलाई नियुक्ति गर्ने । बुढीगण्डकी जलविद्युत आयोजना सम्बन्धी नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०७५/६/५ को निर्णय खारेज गर्ने । अमलेगञ्ज सवस्टेशनको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने । पश्चिम सेती कोरिडोर ४०० केबी प्रशारण लाइन आयोजनाको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने । लाठीनाथ ३३ केबी प्रशारण लाइन तथा सवस्टेशनको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने । श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत विराटनगर ओखलढुङ्गा इजलासका माननीय न्यायाधीश श्री वासुदेव आचार्यलाई तोक्ने । काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन २०४५ को दफा २३ बमोजिम पुनरावेदन समितिको अध्यक्ष पदमा अदालतको कामकाज समेत गर्ने गरी उच्च अदालत पाटनका माननीय न्यायाधीश श्री महेश शर्मा पौडेललाई तोक्ने । राज्श्व न्यायधीकरण पोखराको कानून सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पोखराका माननीय न्यायाधीश श्री रमेशप्रसाद भण्डारीलाई तोक्ने । वैदेशिक रोजगार न्यायीकरणको अध्यक्ष पदमा उच्च अदालत जनकपुर वीरगञ्ज इजलासका माननीय न्यायाधीश डा. रवि शर्मा अर्याललाई तोक्ने । भूकम्पबाट प्रभावित संरचनाको पुनः निर्माण सम्बन्धी ऐन २०७२ को दफा २६ को उपदफा २ बमोजिमको पुनरावेदन समितिको अध्यक्ष पदमा अदालतको कामकाज समेत गर्नेगरी उच्च अदालत पाटनका मान्य न्यायाधीश बालेन्द्र रुपाखेतीलाई तोक्ने । सैनिक विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाज समेत गर्नेगरी उच्च अदालत पाटनका माननीय न्यायाधीश श्री महेशप्रसाद पुडासैनीलाई तोक्ने । याक अनुवांशिक श्रोतकेन्द्र सोलुखुम्बुमा याक नाक चरणको लागि करीब १० रोपनी जग्गा प्राप्त गर्न स्वीकृत दिने ।   सुन्दरीजलस्थित सुरुङको प्रवेशद्वार नजिक उपयुक्त स्थानमा सन्त नेता एवं पूर्व प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराई (किसुनजी) को शालिक र शिलापत्र राख्न स्वीकृत प्रदान गर्ने । विभिन्न २० ओटा देशका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गर्ने । समस्याग्रस्त सहकारी संस्था, वा संघको व्यवस्थापन समितिका अध्यक्षमा महाप्रशासकीय अदालतका पूर्व अध्यक्ष काशिराज दाहाल र सदस्यमा केशवराज आचार्यलाई नियुक्ति तथा मनोनयन गर्ने । २०७९ साल वैशाख १७ देखि १८ गतेसम्म अमेरिकाको कोलोराडोमा आयोजना हुने रक्की माउण्टेन च्याम्पियनशीप २०२२ कार्यक्रममा  युवा तथा खेलकुद मन्त्रीको नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृत प्रदान गर्ने । हिदी खोला जलविद्युत आयोजना इन्टेक, अडिट र पावरहाउस लगायतका भौतिक पूर्वाधारहरु निर्माण गर्न लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका वडा नम्बर ६ र ७ मा रहेको राष्ट्रिय वन ४.२८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृत प्रदान गर्ने । विदुषी योगमाया आयुर्वेदिक विश्वविद्यालयको पूर्वाधार निर्माणका लागि सङ्खुवासभा खाँदबारी नगरपालिका वडा नम्बर ९ र भोजपुर जिल्ला षडानन्द गाउँपालिका वडा नम्बर ६ मा पर्ने जग्गा प्राप्त गरी उक्त जग्गामा विश्व विद्यालयको भवन तथा अन्य पूर्वाधार संरचना निर्माणका लागि निर्माणस्थल तोक्ने । रोजगार अनुमति प्रणाली इपीइस मार्फत नेपाली नागरिकलाई रोजगारीको लागि दक्षिण कोरिया पठाउने सम्बन्धी समझदारी पत्र नवीकरण गर्ने । दक्षिण अफ्रिकाको डार्बनमा १ देखि ६ जेठ २०७९ मा आयोजना हुने फिट ग्लोवल कन्फ्रेन्स अफ इलिमिनेशन अफ चाइल्ड लेभर सम्मेलनमा माननीय ।म, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीयको नेतृत्वमा प्रतिनिधि मण्डललाई भाग लिन स्वीकृत प्रदान गर्ने । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी समितिको सदस्य पदमा रञ्जनकृष्ण अर्याल काठमाडौं र प्रा. भगवानदास मानन्धर काठमाडौंलाई मनोनयन गर्ने । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रवन्ध निर्देशक पदमा सुनिल पौडेललाई नियुक्त गर्ने । जेष्ठ नागरिकहरुलाई विशिष्ठ प्रकारको स्वास्थ्य सेवा उपलब्ध गराउन विशेषज्ञ सेवासहित एक जेष्ठ नागरिक अस्पताल स्थापना गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने ।  

सम्बन्धित सामग्री

बस्न सकेन मन्त्रीपरिषद् बैठक

गत फागुनको दोस्रो साता मन्त्रीपरिषद् बैठक बसेपछि बागमती प्रदेशको मन्त्रीपरिषद् अहिलेसम्म बस्न सकेको छैन । गत फागुन ८ गते प्रदेश सरकारको मन्त्रीपरिषद् बसेको थियो । विगतमा हरेक महिनामा कम्तीमा एक पटक र आवश्यकता अनुसार मन्त्रीपरिषद् बैठक बस्दै आएकोमा पछिल्लो समय बैठक बस्न नसकेको करिब दुई महिना पुग्न लागेको छ ।

मन्त्रीपरिषद् बैठक बस्दै, आईजीपीबारे निर्णय हुने

आजको बैठकले महानिरीक्षक (आईजिपी) नियुक्ति हुने बताइएको छ। आजबाट प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले अवकाश पाउँदैछन्।...

सत्ता गठबन्धनको बैठक जारी, लगत्तै मन्त्रीपरिषद् बैठक बस्ने

काठमाडौँ – सत्तारुढ गठबन्धनको बैठक अहिले जारी छ । प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको बैठकमा उपसभामुखको निर्वाचनबारे छलफल भइरहेको छ। गठबन्धनको तर्फबाट उपसभामुखकी उम्मेदवार बनेकी नेपाली कांग्रेसकी पुष्पा भुसालको पक्षमा मत जुटाउन बैठक बसेको हो। बैठकमा ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक’बारे पनि छलफल भइरहेको स्रोतले बताएको छ। गठबन्धनमा सहमति जुटेलगत्तै मन्त्रिपरिषद् बैठक बस्नेछ । सरकारले आजको संसद बैठकमा […]

गठबन्धनको बैठक सकिए लगत्तै मन्त्रीपरिषद् बैठक बस्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक बिहान साढे १० बजेका लागि बोलाइए पनि सत्ता गठबन्धनको बैठक बसिरहेको कारण केही ढिलाइ हुने भएको छ । मन्त्रीहरु निर्धारित समयमै बालुवाटारमा भेला भएका छन् । गठबन्धनको बैठक सकिए लगत्तै मन्त्रिपरिषद बैठक सुरु हुने बताइएको छ । बालुवाटारमा जारी बैठकमा सत्तारुढ दलका शीर्ष नेताहरू प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी

नयाँ नागरिकता विधेयक ल्याउन मन्त्रीपरिषद् बैठक बस्दै

काठमाडौँ । नयाँ नागरिकता विधेयक ल्याउनेबारे छलफलका लागि मन्त्रीपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री शेर बहादुर देउवाले साँझ ५ बजे बैठक आह्वान गरेका हुन् । बैठकमा नयाँ नागरिकता विधेयकबारे छलफल हुने बताइएको छ ।

अपरान्ह ४ बजे मन्त्रीपरिषद् बैठक बस्दै

काठमाडौं, भदौ १६ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बोलाईएको हो । आजको बैठकमा समसामयिक विषय संगै प्रदेश प्रमुखहरुको फेरबदलबारे छलफल हुने जनाईएको छ ।

मन्त्रीपरिषद् बैठक सुरु : प्रदेश प्रमुख हेरफेर हुँदै

काठमाडौँ । प्रदेश प्रमुख हेरफेरको निर्णय गर्न मन्त्रीपरिषद् बैठक सुरु भएको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि मन्त्रीपरिषद् बैठक सुरु भएको हो ।

भारतको मन्त्रीपरिषद् बैठक भौतिक रुपमा एक बर्षपछि

नयाँ दिल्ली । भारतको मन्त्रीपरिषद्को बैठक एक बर्षपछि मात्रै भौतिक रुपमा बसेको छ । कोरोनाभाइरसको महामारीका कारण भर्चुअल माध्यमबाट बस्दै आइरहेको बैठक बुधबार भौतिक रुपमै बसेको जनाइएको छ । मन्त्रीपरिषद्ले व्यापक फेरबदल गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै निवासमा बैठक बसालेका हुन्। बैठकमा विशेष गरेर आगामी संसद् अधिवेशनका बारेमा छलफल भएको श्रोतले जनाएको छ । भारतको […]

आज मन्त्रीपरिषद् बैठक बस्दै : प्रदेश प्रमुख र सम्पर्कै कार्यालय तोक्ने तयारी

आज मन्त्रीपरिषद् बैठक बस्ने भएको छ । बिहान नौ बजेपछि बस्ने बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्न गृहकार्य गरेको छ ।