सगरमाथा आरोहणको लागि बहराइन राजपरिवारका सदस्य नेपाल आउने निश्चित

सर्वोच्च शिखर सगरमाथा आरोहणको लागि बहराइन राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली पुनः दोश्रो पटक नेपाल आउने निश्चित भएको छ । बहराइनस्थित नेपाली राजदूतावासले जारी गरेको प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएको हो । उक्त टोली आगामी मार्च १५ अर्थात् चैत्र २ गते नेपाल आउने भएका हुन् । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दाससँग आज दूतावासमा सो आरोहण दलका सदस्यहरुले भेट गर्दै उक्त जानकारी गराएका हुन् । सगरमाथा आरोहणका लागि आवश्यक तयारी भइरहेको दूतावासले जानकारी दिएको छ । सो टोलीले सन् २०२० को अक्टोबरमा मनास्लु हिमाल र लोबुचे हिमाल सफलतापूर्वक आरोहण सम्पन्न गरेको थियो ।

सम्बन्धित सामग्री

सगरमाथा आरोहणका लागि बहराइन राजपरिवार सहितको टोली नेपाल हिँड्यो

सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बहराइन राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली पुनः दोश्रो पटक नेपाल प्रस्थान गरेको छ । बहराइनस्थित नेपाली राजदूतावासले  प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएको हो । उक्त आरोहण टोली आज नेपाली समय अनुसार १२ बजे बहराइनबाट नेपाल प्रस्थान  गरेको हो । टोलीका सदस्य रोयल गार्ड डिफेन्स फोर्समा कार्यरत १३ जना तथा तीन जना बेलायती नागरिक   छन् । सो टोली ८० दिन नेपालमा रहने दूतावासले जानकारी दिएको छ । टोलीले गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित समागाउँका लागि कोरोना भाइरस विरुद्वको दुइ हजार डोज खोप सहयोग स्वरुप प्रदान गर्न कार्यक्रम छ ।बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास, नियोगका द्वितीय सचिव अरुणा घिसिङ लगायत राजदूतावास परिवारले प्रस्तानपूर्व सो टोलीलाई  पर्वतारोहणमा सफलताको शुभकामना दिनुभयो ।