विभिन्न पार्टीबाट एमाले प्रवेश गरेका दर्जन नेता केन्द्रीय सदस्य मनोनीत (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले विभिन्न पार्टीबाट समाहित भएका १२ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । केन्द्रीय सचिवालयको शुक्रबार बसेको बैठकले नेकपा एकीकृत समाजवादीबाट प्रवेश गरेका मुकुन्द न्यौपानेसहित १२ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । मनोनीत केन्द्रीय सदस्यहरु १. मुकुन्द न्यौपाने, भोजपुर २. प्रेमबहादुर सिंह, कालिकोट ३. भागवत विश्वासी, […]

सम्बन्धित सामग्री

एमालेले थप्यो १३ जना केन्द्रीय सदस्य

काठमाडौं, १९ जेठ। नेकपा एमालेले केन्द्रीय कमिटीमा १३ जनालाई मनोनीत गरेको छ। शुक्रबार बसेको सचिवालय बैठकले अन्य पार्टी छाडेर एमाले प्रवेश गरेकाहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो। केन्द्रीय सदस्यमा मनोनीत गरिएकाहरूमा मुकुन्द न्यौपाने, चुडामणि जंगली, प्रेम बहादुर सिंह, भागवत विश्वासी, हेमराज राई, ठम्बर विष्ट, उमाशंकर अरगरिया, अजय गुप्ता, एकवाल मियाँ, गणेश खनाल, प्रेम तामाङ, यमबहादुर परियार र सुरेन्द्र मानन्धर छन्।

एमाले नेता माओवादीको केन्द्रीय सदस्य मनोनीत

काठमाडौं । नेकपा एमालेका नेता यमबहादुर परियार (इन्द्रजीत) लाई नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्य बनाएको छ । चुनाव अगाडि अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर एमाले प्रवेश गरेका परियार माओवादीले सार्वजनिक गरेको केन्द्रीय सदस्यको सूचीमा छन् । तत्कालीन माओवादीको चितवन जिल्ला सह-इन्चार्ज रहेका उनी साबिकको नेकपा हुँदा जिल्ला अध्यक्ष भएका थिए । एमाले माओवादीको […]

कर्णाली प्रदेशसभा सदस्य रेग्मी पदमुक्त

सुर्खेत : नेकपा माओवादी केन्द्र त्यागेर नेकपा एमाले प्रवेश गरेका कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मी पदमुक्त भएका छन्।रेग्मीले दल त्याग गरेको सूचना माओवादी केन्द्रले प्रदेशसभा सचिवालयलाई जानकारी गराएको र प्रदेशसभा सचिवालयले उक्त पत्र प्राप्त भएको भनी सूचनामार्फत जानकारी गराएसँगै उनी पदमुक्त भएका हुन्।दैलेख निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट निर्वाचित रेग्मी नेकपा एमाले र माओवादी केन्द्र ब्युताएपछि एमाले प्रवेश गरेका हुन् र उनलाई एमालेले केन्द्रीय सदस्य र प्रदेश सचिव पदमा मनोनीत गरिस