लागुऔषध खैरो हिरोइनसहित २ जना पक्राउ

लागुऔषध खैरो हिरोइनसहित बेलडाँडी गाउँपालिका–२ चवन्नी बजारबाट सशस्त्र प्रहरीले दुई जनालाई बुधबार साँझ पक्राउ गरेको छ । बोर्डर आउट पोष्ट झिलमिलाबाट सशस्त्र प्रहरी निरीक्षक नरेन्द्रबहादुर ऐरको कमाण्डमा रहेको टोलीले वेदकोट नगरपालिका–२ छेलाका २१ वर्षीय विजय चौधरी र सोही ठाउँ बस्ने अर्का १९ वर्षीय अजय चौधरीलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाको साथबाट तीन दशमलव ७४० ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई खैरो हिरोइनसहित इलाका प्रहरी कार्यालय बेल

सम्बन्धित सामग्री

खैरो हिरोइनसहित २ जना पक्राउ

झापाको मेचीनगर नगरपालिका १५ कालिकास्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले शनिवार करीव १७ ग्राम खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको दार्जिलिङ बतासे ग्राम पञ्चायत घर बताउने २७ वर्षिय मोहमद सुल्तान र २७ वर्षिय रन्जित गणेश छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ज्यामिरेबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको खैरो हिरोइन फेला पारेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई...

लागूऔषधसहित २ जना पक्राउ

पर्सामा लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पर्सा जिल्ला प्रहरीको टोलीले आइतबार वीरगञ्ज महानगरपालिका–१५ लक्ष्मनवा राजु डिजल ग्यारेजबाट खैरो हिरोइन ओसारपोसारमा संलग्न दुईजनालाई पक्राउ गरेको हो ।

खैरो हिरोइनसहित दाङबाट दुईजना पक्राउ

दाङ : दाङमा ठूलो परिमाणमा लागुऔषध खैरो हिरोइनसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाँकेको डुडुवा गाउँपालिका-३ का ३० वर्षीय राजु भन्ने नोर महमद दर्जी र जानकी गाउँपालिका ३ मुक्तिनगरका ३६ वर्षीय राजा योगी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेले बताए।बाँकेबाट ठूलो मात्रामा लागुऔषध खैरो हिरोइन बिक्री वितरणका लागि दाङतर्फ ल्याइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय अमिलियाबाट खटेको प्रहरी टोलीले लमही नगरपालिका ९ तल्लो अमिलि