इस्लामावाद। पाकिस्तानमा जारी विद्युत् संकटको बीचमा, नेशनल इलेक्ट्रिक पावर रेगुलेटरी अथोरिटी (नेप्रा) ले नेशनल ट्रान्समिशन एन्ड डिस्प्याच कम्पनी (एनटीडीसी) लाई बिजुली अभावको लागि रु पाँच करोड जरिवाना लगाएको छ। गत वर्षको जनवरी ९ तारिखमा देशभर पर्याप्त विद्युत आपूर्ति नगरेको भन्दै एनटीडीसीलाई ५ करोड जरिवाना लगाइएको नेप्राले जनाएको छ। ‘एनटीडीसीले देशभरको विद्युत् पूर्णरुपमा पुर्याउन २० घण्टा लागेको थियो,’ नेप्राले जनाएको छ।