गुल्मी जिल्लामा वार्षिक ५ करोड रुपैयाँ बराबरको चामल अन्य जिल्लाबाट भित्रिने गरेको छ । शुक्रबार ४१ औं खाद्य दिवस मनाउने क्रममा सरोकारवालाहरूले यो तथ्यांक सार्वजनिक गरेका हुन् । कृषि ज्ञान केन्द्र गुल्मीका वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीले वार्षिक ५ करोड रुपैयाँ बराबरको चामल जिल्लामा भित्रिने गरेको बताए ।उनले भने, ‘कार्यालयले यकिन तथ्याङ्क त तयार गरेको छैन तर यहाँको होटल व्यवसायीसँग, चामल व्यवसायीसँगको छलफलमा वार्षिक ५ करोड बराबरको मसिना चामल गुल्मीमा आयात हुने गरेको पाइएको छ ।’