ललितपुरको शंखमुलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकुलले दलित भएकै कारण चार जना बालकलाई पढाईबाट बञ्चित गरेको छ । शंखमुल धाममा रहेको गुरुकुलमा संस्कृत पढ्ने भनेर बर्दियादेखि काठमाडौं आएका बालकलाई गुरुकुलले भर्ना नगरी फिर्ता पठाएको हो । बालकका आमाबुवाले आफूहरू दलित समुदायको भएकै कारण गुरुकुलले भर्ना नलिएको गुनासो गरेका छन् ।