काठमाडौं : अमेरिकाको नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपविदेशमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक अजरा जिया आज नेपाल आउने भएकी छन्। उनीसँग अमेरिकी सहयोग नियोग यूएसएआईडीमा एशिया मामिला हेर्ने डेपुटी असिस्टेन्ट एडमिनिस्ट्रेटर अञ्जली कौर पनि सँगै आउने भएकी छन्। उपमन्त्री जियाको नेपाल आगमन अमेरिकी अधिकारीहरूको एक दशकपछिको हुन लागेको उच्चस्तरीय भ्रमण हो । नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ औं वार्षिकी मनाइरहँदा उनको नेपाल भ्रमण तय भएको हो ।उपमन्त्र