काठमाण्डाै - विराटनगरका लागि बिहान ८ बजेर ३३ मिनेटमा उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि काठमाण्डौ नै फर्किएको छ ।
ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज काठमाण्डौतर्फ फर्किएको हो । अहिले जहाज काठमाण्डौको आकाशमै छ ।
त्रिभुवन विमानस्थल कार्यालयले जहाजलाई प्राथमिकतामा राखेर प्रक्रिया पूरा गरी अवतरण गराउने प्रयास भैरहेको जनाएको छ ।