नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टीको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनले लोकप्रिय जनमतसहित पुनः सत्तारोहणको सन्देश दिने बताएका छन् । महाधिवेशनको प्रचार योजनाबारे केन्द्रीय प्रचार विभागले आज आयोजना गरेको छलफल कार्यक्रममा विभागका प्रमुख भट्टराईले महाधिवेशनको उद्घाटनमा पाँच लाखसम्म जनसमुदायको उपस्थिति गराउने तथा देश र विदेशमा समेत महाधिवेशनको सन्देश फैलाइने जानकारी दिए । उनले भने, “अहिले पार्टीभित्र अन्तरविरोध हुने खालका कुरा नगरौँ । पार्टीलाई एकताबद्ध र प्रभावकारी बनाउनुपर्ने आवश