काठमाडौँ – अर्थ मन्त्रालयले ०७९/८० को बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज दिन इन्कार गरेकाे छ। उपभोक्ता हित संरक्षण मञ्च नेपालका सचिव जय प्रसाद पौडेलले सूचनाको हक अन्तर्गत उक्त दिनको अर्थ मन्त्रालयको सीसीटीभी फुटेज माग्दा मन्त्रालयले नदिएकाे हो। अर्थमन्त्री जनार्दन शर्माले गत जेठ १५ गते प्रतिनिधि सभामा आर्थिक वर्ष २०७९/८० को बजेट पेश गरेका थिए। […]