बुटवल– लुम्बिनी प्रदेशको प्रदेश सभाको विशेष अधिवेशन अन्त्य भएको छ। तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै ४ दलले विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसामु समावेदन गरेपछि प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन डाकेका थिए। संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुख शेरचनले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गरेका हुन्। […]