यमनमा सेना र अल–कायदा लडाकुबीच भिडन्त, १६ जनाको मृत्यु

दक्षिण पश्चिम यमनमा अल–कायदा लडाकु र सेनाबीचको भिडन्तमा १६ जनाको मृत्यु भएको छ। मंगलवार भएको गोली हानाहानमा १० सरकार समर्थक सैनिक र ६ जना आतंककारीको मृत्यु भएको सैन्य स्रोतलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले जनाएको छ।अहवारको तटीय जिल्लामा थुप्रै सशस्त्र अल–कायदा बन्दुकधारीले भर्खरै भर्ना गरिएका सुरक्षा बेल्ट बलहरूले नियन्त्रणमा राखेको सुरक्षा चौकीमा आक्रमण गरेपछि ठूलो झडप भएको स्थानीय सैन्य अधिकारीले बताएका छन्।घटनामा अन्य सैनिक पनि घाइते भएको हुनसक्ने अनुमान गरिएको छ। &nb

सम्बन्धित सामग्री

अल कायदा नेता अयमान अल–जवाहिरी मारिएका अमेरिकाको दाबी

अल कायदा नेता अयमान अल–जवाहिरी मारिएका अमेरिकाले दाबी गरेको छ । अफगानिस्तानको राजधानी काबुलमा आइतवार भएको हवाई आक्रमणमा उनी मारिएका अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गर्नुभएको बीबीसीले जनाएको छ । उहाँले  विद्रोही विरुद्धको कारबाही अभियानलाई अमेरिकाले निरन्तरता दिने पनि बताउनु भएको छ । इजिप्टका नागरिक जवाहिरी आतङ्कवादीको सूचीमा थिए । उनी अमेरिकामा सन् २००१ को सेप्टेम्बर ११ मा भएको हमलाका मुख्य योजनाकार रहेको अमेरिकाले दाबी गर्दै आएको थियो । अमेरिकी ट्वीन टावरमा भएको आक्रमणमा झन्डै ३ हजा...

अमेरिकी कारबाहीमा अल कायदा नेता अयमान अल-जवाहिरी मारिए

काठमाडौँ । अमेरिकी कारबाहीमा अल कायदाका नेता अयमान अल-जवाहिरी मारिएका छन् । अफगानिस्तानको राजधानी काबुलमा अमेरिकी सेनाको हवाई हमलामा मारिएका हुन् । अमेरिकी कारबाहीमा उनी मारिएको अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका छन् ।  देशका नाममा गरेको एउटा सम्बोधनमा उनले अल कायदा नेता जवाहिरी मारिएको पुष्टि गरेका हुन् । इजिप्टका नागरिक जवाहिरी संसारको सबैभन्दा कुख्यात […]

अफगानिस्तानमा अमेरिकी ड्रोन आक्रमणमा अल कायदा नेता अयमान अल जवाहिरी मारिए

अमेरिकाले अफगानिस्तानमा ड्रोन आक्रमणमा अल कायदा नेता अयमान अल जवाहिरीलाई सफलतापूर्वक निशाना बनाएको छ भने अमेरिकी कारवाहीमा जवाहिरी मारिएका छन् । अमेरिकाले ओसामा बिन लादेनलाई मारेको एघार वर्षपछि अलकायदाका अन्तर्राष्ट्रिय प्रतीकका रुपमा रहेका भर्खरै ७१ वर्ष पुगेका जवाहिरीलाई मारेको हो । कुनै बेला जवाहिरीले ओसामा बिन लादेनको व्यक्तिगत चिकित्सकको रूपमा काम गरेका थिए । न्युयोर्क […]

अमेरिकी कारबाहीमा अल कायदा नेता अयमान अल–जवाहिरी मारिए

अमेरिकी कारबाहीमा अल कायदाका नेता अयमान अल–जवाहिरी मारिएका छन् । अफगानिस्तानको राजधानी काबुलमा अमेरिकी सेनाको हवाई हमलामा मारिएका हुन् । अमेरिकी कारबाहीमा उनी मारिएको अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका छन् । देशका नाममा गरेको एउटा सम्बोधनमा उनले अल कायदा नेता जवाहिरी मारिएको पुष्टि गरेका हुन् । इजिप्टका नागरिक जवाहिरी संसारको सबैभन्दा कुख्यात आतंकवादीमध्ये एक थिए । उनी अमेरिका मा सेप्टेम्बर ११ को हमलाका मास्टरमाइन्ड रहेको अमेरिकाले दाबी गर्दै आएको थियो । सन् २००१ को सेप्टेम्ब

तालिबानको शासनमा अफगानिस्तानमा अल कायदा र इस्लामिक स्टेटको सक्रियता बढ्दै

काठमाडौँ- तालिबानले शासन चलाइरहेको अफगानिस्तानमा अल कायदा र इस्लामिक स्टेटजस्ता आतंककारी समूहको सक्रियता बढेको खुलासा भएको छ । संयुक्त राष्ट्रसंघले प्रतिवेदन जारी गर्दै तालिबानको शासनमा अफगानिस्तानमा आतंककारी समूहको सक्रियता बढेको जनाएको हो । ‘तालिबान र अल कायदाबीचको सम्बन्ध अझै सुमधुर छ ।’ उक्त प्रतिवेदनलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ । ‘पछिल्लो विश्लेषणबाट […]

सिआइएले भन्यो– अल–कायदा अफगानिस्तानमा पुनः संगठित हुँदै

एजेन्सी, ३१ भदौ । अफगानिस्तानमा अल–कायदा पुनः संगठित भइरहेको अमरिकी गुप्तचर निकाय सिआइएले जनाएको छ । निकायले बुधबार उक्त विषयको जानकारी गराएको हो । तालिवानले अफगानिस्तान कब्जा गरेपछि अल–कायदाको केही गतिविधि त्यस क्षेत्रमा देखा परेको कारण सिआइएले उक्त विषयलाई सार्वजनिक गरेको छ । सिआइएका उप–निर्देशक डेभिड कोहेनको भनाईलाई उदृत गर्दै टाइम्स अफ इिन्डयाले लेखेको छ,‘हाम्रो […]

मृत घोषित अल–कायदा प्रमुख सार्वजनिक

एजेन्सी, २८ भदौ । अमेरिकामा ११ सेप्टेम्बर २००१ मा भएको आतंवादी हमलाका मुख्य योजनाकार मध्ये एक हुन् आइमान-अल-जवाहिरि । हमलाको केही महिनापछि नै अमेरिकी आक्रमणमा उनी मारिएका खबर बाहिर आएको थियो अमेरिकाले पनि उनलाई मृत घोषित गरेको थियो । तर, २० वर्षपछि उनी एक भिडियोमार्फत सार्वजनिक भएका छन् । जीहादीहरुको बेवसाइट हेर्ने इन्टिेलिजेन्स ग्रुपले यसको […]

अमेरिकी सेनाले अफगानिस्तान छाड्दा अल कायदा फर्किने डर

२५ असार, काठमाडौं । आगामी सेप्टेम्बरसम्म अफगानिस्तान छाड्ने बताएको अमेरिकाले सैनिक फिर्ता लैजान थालेको छ । अमेरिकी सैनिक फिर्ती प्रक्रिया सुरु भएसँगै चरमपन्थी संगठन तालिबानको गतिविधि बढेको छ । उसले ताजिकिस्तानको सीमावर्ती प्रान्त बदाख्शन लगायतका क्षेत्रमा कब्जा जमाएको छ । तालिबानको बढ्दो गतिविधिप्रति पश्चिमी मुलुकका गुप्तचर संस्थाहरुले भने चिन्ता व्यक्त गरेका छन् । उनीहरुको चिन्ताको […]

अमेरिकाका परराष्ट्रमन्त्री पम्पेओ : जाँदाजाँदै थप ध्वस्त पार्दैछन् देशको छवि

हालैका दिनमा अमेरिकाका परराष्ट्रमन्त्री माइक पम्पेओमा एकखाले भूत सवार भएको छ ।  उनले इरानमाथि अल कायदा आतंकवादीलाई आधारभूमि बनाउन दिएको आरोप लगाए । आतंकवादविरुद्धको युद्धका नाममा इरानमाथि हवाई आक्रमण गर्नका लागि उनले भूमिका बाँधेका हुन् ।  पम्पेओले आफ्नो बहुलट्ठीपूर्ण दाबीलाई पुष्टि गर्ने कुनै प्रमाण प्रस्तुत गर्न सकेका छैनन् । अल कायदाका वहाबी र इरानका शियाले एकअर्कालाई देखिसहँदैनन् भन्ने कुरालाई पनि उनले बेवास्ता गरे । अनि इरानको सैन्य गठबन्धनले सिरिया र इराकमा अल कायदा जस्ता आतंकवादी समूहहरूलाई सिध्याइ...