नेपाल प्रहरीमा ३३ एसएसपीको सरुवा, काठमाडौंमा अशोक सिंह (सूचीसहित)

गृहमन्त्रालयले नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ। शुक्रबार निकालिएको सरुवा सूचीमा महानगरीय प्रहरी परिसर काठमाडौंमा अशोक सिंह आएका छन् भने श्यामलाल ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, अपराध नियन्त्रण महाशाखामा सरुवा गरिएको छ।

सम्बन्धित सामग्री

चैतमा आइजिपी बन्न अहिलेदेखि नै दौडधुप

काठमाडौं । नेपाल प्रहरी बढुवा सिफारिस समितिको असार ८ गतेको बैठकले नेपाल प्रहरीका १७ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको थियो । एसएसपीहरु बसन्त बहादुर कुँवर, टेक प्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दिप भण्डारी, सुदीप गिरि, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेश राज […]

यामाहा नेपालद्वारा नेपाल प्रहरीलाई मोटरसाइकल हस्तान्तरण

काठमाडौं (अस) । एमएडब्लूले व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरी र ट्राफिकलाई समय–समयमा यामाहाका मोटरसाइकल प्रदान गरिँदै आएको जनाएको छ । त्यसैको निरन्तरता स्वरूप यामाहाले एफजेड२५ र सालुटो नामक दुई वटा मोटरसाइकल नेपाल प्रहरीलाई प्रदान गरेको छ । कालीमाटी प्रहरी बिटमा साउन ३२ गते आयोजित कार्यक्रममा यामाहाका प्रमुख व्यवस्थापकीय अधिकृत राजु क्षेत्री, नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक अशोक सिंह र प्रहरी उपरीक्षक अपिलराज बोहराको उपस्थिति थियो । सहयोगस्वरूप प्राप्त उक्त मोटरसाइकल प्रहरीले गस्तीका निम्ति प्रयोग गर्नेछ ।