काठमाडौं (अस) । एमएडब्लूले व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरी र ट्राफिकलाई समय–समयमा यामाहाका मोटरसाइकल प्रदान गरिँदै आएको जनाएको छ ।
त्यसैको निरन्तरता स्वरूप यामाहाले एफजेड२५ र सालुटो नामक दुई वटा मोटरसाइकल नेपाल प्रहरीलाई प्रदान गरेको छ । कालीमाटी प्रहरी बिटमा साउन ३२ गते आयोजित कार्यक्रममा यामाहाका प्रमुख व्यवस्थापकीय अधिकृत राजु क्षेत्री, नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक अशोक सिंह र प्रहरी उपरीक्षक अपिलराज बोहराको उपस्थिति थियो ।
सहयोगस्वरूप प्राप्त उक्त मोटरसाइकल प्रहरीले गस्तीका निम्ति प्रयोग गर्नेछ ।