रूस–युक्रेन सीमामा तनाव बढ्दो छ। यसैबीच अमेरिकी गुप्तचरले रूसले सन् २०२२ को सुरुमा युक्रेनमा आक्रमण गर्न सक्ने खुलासा गरेका छन्। आक्रमणमा १ लाख ७५ हजार रूसी सैनिक संलग्न हुने आशंका गरिएको छ।समाचार एजेन्सी एपीका अनुसार आधा रूसी सैनिक युक्रेनको सीमामा तैनाथ भइसकेका छन्। शुक्रबार युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभले सांसदमा रूसको सीमामा हाल ९४ हजार ३ सय सैनिक तैनाथ भएको जानकारी दिएका छन् भने जनवरीसम्म अत्यधिक सैनिक तैनाथ हुने उल्लेख गरेका छन्।सीमामा ड्रोन तैनाथ