गोरखामा भूकम्पले भत्किएका ७३ प्रतिशत निजी आवास पुनर्निमाण सम्पन्न भएका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार) जिमालीका अनुसार जिल्लामा ७० हजार नौ सय ८८ घर भूकम्पले क्षति पु¥याएकोमा हालसम्म ४७ हजार छ सय १ घर बनिसकेको छ । निर्माण सम्पन्न भएका घरले सरकारले उपलब्ध गराएको अनुदान रकमको तीनवटै किस्ता बुझिसकेको जिमालीका इन्जिनियर शैलेन्द्र भट्टले जानकारी दिए ।