नेपालमा पछिल्लो समय डेंगु संक्रमण बढ्दो क्रममा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म ७२ जिल्लामा डेंगु संक्रमण देखिएको छ । साउनदेखि यता २१ सय ७९ जनामा डेंगु पुष्टि भएको मन्त्रालयले जनाएको छ भने सबैभन्दा बढी संक्रमित बागमती प्रदेशमा देखिएका छन् ।मन्त्रालयका अनुसार बाग्मती प्रदेशमा १२ सय ९१ जनामा डेंगु देखिएको छ । सबैभन्दा कम संक्रमित सुदूरपश्चिम प्रदेशमा देखिएका छन् । सुदूपश्चिममा अहिलेसम्म १४ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार लुम्बिनीमा ५८३, प