घोराही : जिल्लामा अहिलेसम्म ४६ जना डेंगुका संक्रमित फेला परेका छन्।स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दका अनुसार हाल जिल्लाभर करिब ४६ जनामा डेंगु संक्रमण देखिएको छ।उनले भने, ‘डेँगुका विरामी फाट्टफुट्ट आउन थालेका छन्। सबैभन्दा बढी घोराही र तुलसीपुरमा देखिएको छ। अन्य पालिकाबाट पनि डेंगु संक्रमण भएको रिपोर्ट आइरहेको छ।’अहिलेसम्म डेंगु संक्रमण भएका व्यक्तिहरूको अवस्था सामान्य रहेको भन्दै उनले यसबाट बच्न जिल्लाका सबै पालिकामा सचेतनामूलक कार्यक्रम भइरहेको समेत बताए। पालिकाहरू