अर्घाखाँची । गुल्मीको पुर्कोट दहमा एक युवामाथि खुकुरी प्रहार भएको छ । जिल्लाको मदाने गाउँपालिका-६ का १८ वर्षीय सन्तोष कुँवरमाथि खुकुरी प्रहार भएको हो । कन्के देउरालीमा वनभोज खान गएका युवाहरुबीच विवाद हुँदा खुकुरी हानाहान भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मदाने-६ कै ३३ वर्षीय रमेश परियारले कुँवरलाई आक्रमण गरी गम्भीर घाइते बनाएको […]