रौतहटमा माधव नेपालले गरे ४२ करोडका योजना शिलान्यास

१६ साउन, रौतहट । पूर्वप्रधानमन्त्री तथा नेकपा एकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले सोमबार रौतहट सदरमुकाम गौरमा ४२ करोडका विभिन्न योजनाको शिलान्यास गरेका छन । नेपाल सरकारको शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण मन्त्रालयको लगानीमा रौतहटको गौरमा निर्माण हुने टाउन हल, विवाह भवन तथा विभिन्न सडकहरुको अध्यक्ष नेपालले शिलान्यास गरेका छन […]

सम्बन्धित सामग्री

माधव नेपालले १४ वर्षसम्म खुसी साट्न नसकेको ‘गौरीटार रंगशाला’को व्यथा

पीडा पनि किन नहोस्, आफू प्रधानमन्त्री भएको बेला शिलान्यास गरेको हेटौँडा–६, स्थित गौरीटार रंगशाला १४ वर्षसम्म पनि अधुरै छ ।

प्रधानमन्त्री हुँदा माधव नेपालले शिलान्यास गरेकाे पुल १२ वर्षसम्म पनि बनेन !

राैतहट – रौतहटको बाग्मती नदीमा १२ वर्षदेखि पुलको निर्माण कार्य हुन नसक्दा स्थानीयवासी मारमा परेका छन् । रौतहटको दुर्गाभगवती गाउँपलिका वडा नम्बर ५ वडहर्वा बाग्मती नदीमा १२ वर्षसम्म पनि पुल निर्माण हुन नसक्दा नदी वारपार गर्न स्थानीयवासीले सास्ती बेहाेर्नुपरेकाे हाे ।बाग्मती नदीमा स्थानीयवासी वारपार गर्न सहज हुने भन्दै माधवकुमार नेपाल प्रधानमन्त्री भएको बेलामा पुल शिलान्यास भएको थियो । तर पूर्वप्रधानमन्त्री नेपालले पुल शिलान्यास गरेको १२ वर्ष भइसक्दा पनि पुल निर्माण हुन सकेको छैन । पुल बन्ने आशा बोकेका बाग्मती पारिका वडह...

माधव नेपालले प्रधानमन्त्री हुँदा उद्घाटन गरेको पक्की पुल १२ वर्षसम्म पनि बनेन

वागमती नदिमा स्थानीयहरु वारपार गर्न सहज हुने भन्दै माधवकुमार नेपाल प्रधानमन्त्री भएको बेलामा पुल शिलान्यास भएको थियो। तर पूर्वप्रधानमन्त्री नेपालले पुल शिलान्यास गरेको १२ वर्ष भइसक्दा पनि पुल निर्माण हुन सकेको छैन।...

माधव नेपालले मधेशी जनतालाई मूर्ख बनाउने काम गरेको प्रभु साहको आरोप

रौतहट : नेकपा एमालेका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री प्रभु साहले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले मधेशी जनतालाई मूर्ख बनाउने काम गरेको बताएका छन्।साहले चुनावको मुखमा गौरमा हावा योजनाको शिलान्यास गरेर मधेशी जनतालाई मूर्ख बनाउने काम गरेको आरोप लगाएका छन्।बुधबार रौतहटको चन्द्रनिगाहपुरमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ रौतहटको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले माधव कुमार नेपाल सहरी विकास मन्त्रालयको ठेकेदार बनेकाले हावामा विभिन्न योजनाको शिलान्य

माधव नेपालले नयाँ पार्टी खोलिसके : केपी ओली

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले देशभर नयाँ पार्टी खोलेर हिँडेको आरोप लगाएका छन् । उनले नेपाल समूहले पार्टीमा उपद्रो गर्दै आएपनि भरसक अहिलेपनि आफूहरु सम्झाउने प्रयासमा रहेको बताए ।‘हाम्रा विरुद्ध कति गरे ? तर अहिले उनीहरुले यति उपद्र गर्दा पनि, अर्को पार्टी देशभर खोलेर हिँड्दा पनि, अहिलेसम्म हामीले कारबाही नगरेर सम्झाइबुझाइ गर्ने प्रयास गरिरहेका छौँ,’ बिहीबार नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा एमाले केन्द्रीय कार्यालय शिलान्यास कार्यक्रममा बोल्

प्रचण्डलाई ‘मिस्टर कन्फर्टेवल’ को संज्ञा दिँदै ओलीको चुनौती : ल हटाएर देखाउ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई ‘मिस्टर कन्फर्टेवल’ र अर्का अध्यक्ष माधवकुमार नेपाललाई ‘मिस्टर हेल्लो’ को संज्ञा दिनुभएको छ । आइतबार गृहजिल्ला झापामा औद्योगिक पार्कको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले ‘मिस्टर कन्फर्टेवल’ र ‘मिस्टर हेल्लो’ (प्रचण्ड–नेपाल) ले देश बर्बाद पार्न लागेको आरोप लगाउनुभयो । उहाँले आफू पनि यही देशमा रहेको नबिर्षन चेतावनी दिँदै आफूलाई प्रधानमन्त्री पदबाट हटाएर देखाउन चुनौती दिनुभयो । ‘एउटा मिस्टर हेल्लो, अर्को मिस्टर कम्फर्टेबल, यी दुई मिस्टरहरुले देशलाई बर्बाद पार्न लागेका छन्’ उहाँले भन्नुभयो, ‘तर हामी छौँ यो देशमा, लड्डु खानेहरुलाई म भन्छु–हामी यहीँ छौँ भन्ने नबिर्स।’ प्रचण्डले शुक्रबार एक टेलिभिजन अन्तर्वार्ताका क्रममा नेपाली कांग्रेस, आफू र जनता समाजवादी पार्टी मिल्दा ‘भारतलाई पनि कन्फर्टेवल हुने’ बताउनुभएको थियो । प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपाललाई ‘झुसे बारुला’को संज्ञा दिँदै आफूलाई हटाएर देखाउन चुनौती दिनुभयो । उहाँले प्रचण्ड र माधव नेपालले कांग्रेस र राजपा नेताहरुलाई भेट्न गएकोपनि उनीहरुले वास्ता नगरेपछि निराश भएको बताउनुभयो । ‘सुतिरहेका बूढानीलकण्ठ जान्छन् भनेको उठेको बूढानीलकण्ठ पो पुगेछन् र प्रभू केपी ओलीलाई हटाउनुपर्यो भनेछन्। उहाँले साथीहरुसँग सल्लाह गर्छु भन्नुभयो, विचराहरु अँध्यारो मुख लाएर गएछन्’ ओलीले भन्नुभयो, ‘अर्को ठाउँमा गएर मिलेर जाउँ भनेछन्। त्यहाँ पनि तपाईंहरुको कुन पार्टी हो? भनेपछि झसंग भएछन् ।’ ओलीले आफूविरुद्ध अविश्वासको प्रस्ताव आए त्यसको डटेर सामना गर्ने चेतावनी पनि दिनुभयो ।