मंगलबार अपराह्न साढे २२ लाख घुस रकमसहित पक्राउ परेका पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तरका गोल्ड मेडलिष्ट थिए । पेशाले सिनियर एयर ट्राफिक कन्ट्रोल अफिसर (सिनियर एटीसी अफिसर) रहेका उनको जिम्मेवारी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नागरिक उड्डयन महाशाखामा थियो । त्यही शाखाबाट प्याराग्लाइडिङ उडानका लागि अनुमति प्रदान गरिन्थ्यो भने टिप्पणी उठाउने शाखामा उनै प्रमोद उपसचिव थिए । उपसचिव नेपाल साउन १७ गते मंगलबार एकाएक नागपोखरीस्थित