जुम्ला – जुम्लामा बाढी र पहिरोले सबैभन्दा धेरै क्षति पुर्याएकाे तीन वटा गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सङ्घीय सरकारसँग माग गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा आज बिहीवार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जुम्लाका कनकासुन्दरी, हिमा र सिंजा गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गर्दै सङ्घीय सरकारलाई राहत, उद्धार र पुनर्स्थापनाका लागि आह्वान पनि गरेको हो ।
समितिको बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ३२ को (१) बमोजिम जिल्लाका तीन वटा पालिकालाई स...