कालीकोट — कालीकोटमा बाढी र पहिरोले सबैभन्दा धेरै क्षति पुर्याएका आठ वटा गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सङ्घीय सरकारसँग माग गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा बिहीवार हिजाे बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कालीकोटका तिलागुफा, खाँडाचक्र, रास्कोट नगरपालिका र महाबै, शुभकालीका, सान्नीत्रिवेणी, पचालझरना र पलाता गाउँपालिकाका केही बस्तीलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेकाे हाे । साथै बैठकमार्फत सङ्घीय सरकारलाई राहत, उद्धार र पुनर्स्थापनाका लागि अनुरोध समेत गरिएको छ ।
समि...