काठमाडौं : काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपालन विभागले १५ दिनभित्र तरकारी/फलफूल बजार, नर्सरी, कोल्ड स्टोर र मासु तथा माछाजन्य उद्योग तथा व्यवसायलाई दर्ता गर्न निर्देशन दिएको छ। महानगरपालिकाले एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो। ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र संचालनमा रहेका सम्पूर्ण तरकारी/फलफूल बजार, नर्सरी, कोल्ड स्टोर र मासु तथा माछाजन्य उद्योग तथा व्यवसायहरूलाई यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र काठमाडौं महानगरपालिकामा दर्ता भई सो को व