पर्वत : कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गा–बेनी सडक दैनिक चार घण्टा बन्द गरिने भएको छ।बुधवार जिल्ला प्रशासन कार्यालय पर्वतमा बसेको सरोकारवालाहरूको बैठकले बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि असार ३ गतेदेखि ३२ गतेसम्म झन्डै एक महिनाका लागि बाटो बन्द राख्ने सहमति भएको हो।योजना प्रमुख जगत प्रजापतिका अनुसार हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म दैनिक ४ घण्टा बाटो बन्द गरेर सडक चौडा पार्ने र चट्टान काट्ने काम गर्न लागिएको छ। का