काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ‘निजामती सेवा विधेयक–२०७५’ फिर्ता गरेर सरकारले गल्ती गरेको टिप्पणी गरेको छ।एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदीय समितिमा समेत छलफल गरेर आएको सो विधेयक संसद्बाट फिर्ता गरेर सरकारले उल्टो काम गरेको प्रतिक्रिया दिएका हुन्। शुक्रबार संसद् बैठकबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिँदै विधेयकहरू फिर्ता लैजाने र अध्यादेशमार्फत विधेयक ल्याउने काम गरे आफ्नो पार्टीलाई मान्य नहुने चेत