अर्थसचिव बिदामा बसेपछि अर्थमन्त्री शर्मामाथि दबाब बढ्यो

काठमाडौं, २२ असार । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएका बेला अर्थसचिव मरासिनी बिदामा बसेका छन् । सचिव मरासिनी बिदामा बसेपछि अर्थमन्त्री जनार्दन शर्मामाथि दबाब बढेको छ । अर्थसचिव मरासिनी सन्चो नभएर बिदामा बसेको मन्त्रालयका […]

सम्बन्धित सामग्री

जब जनार्दनले गगनले बाख्रा पालन गर्न लिएको अनुदान खोजे...

निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले आजसम्म कुनै ‘क्लु’ भेटेको छैन । अर्थ मन्त्रालयसँग छानबिन समितिले जेठ महिनाको सीसीटीभी फुजेट माग्दा अर्थले असार महिनाको दिएर टारिदिएको छ ।यसको पछाडी जनार्दन शर्माले राजीनामा दिनु अगाडी अर्थका अधिकारीहरुलाई दिएको ‘धम्की’ले काम गरेको देखिएको छ । असार २२ गते संसदमा स्पष्टिकरण दिँदै अर्थमन्त्रीबाट राजीनामा दिएका जनार्दन शर्माले आफू पुनः फर्किने र आफूले ल्याएको बजेट नै कार्यान्वयन गर्नुपर्ने भएकाले छानबिन समितिलाई असहयोग गर्न दबाब दिएका थिए ।जब जनार्दनले गगनले बाख्रा पालन गर्न लिएको अनुदान खोजेकरका दरहरु सिमित ब्यापारिक घरानालाई मात्रै पोस्ने गरी फेरबदल गरेको र बजेट भाषणको अघिल्लो दिन विचौलियालाई प्रवेश गराएर करका दरहरु हेरफेर गरेको विषय बाहिरिएपछि जनार्दन शर्मा सत्ता पक्षका सबै नेताहरुले आफ्नो बचाउ गर्नेमा विश्वस्त थिए । तर, प्रतिपक्षीसँगै स्वर मिल्ने गरी काँग्रेस महामन्त्री गगन थापा लगायतका नेताहरुले ‘जनार्दन शर्माले राजीनामा दिनुपर्ने र राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने’ धारणा सार्वजनिक रुपमै राखे ।त्यसपछि जनार्दन शर्माले गगन थापालाई नै कारबाही गर्न सक्ने वा मिडियामा ‘स्टन्ट बाजी’ गर्न सकिने ‘इस्यु’ तत्काल खोज्न आफ्ना मान्छेलाई भने । उनका कार्यकर्ताले त्यहीँ पूरानो बाख्रा पालनमा गगनले लिएको अनुदानको कुरा उक्काउन सकिने सल्लाह दिए ।लगत्तै जनार्दन शर्माले कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मालाई फोन गरेर गगन थापाले बाख्रा पाल्न लिएको अनुदानको सम्पूर्ण विवरण आफूलाई तत्काल उपलब्ध गराउन ठाडो निर्देशन दिए ।यसअघिःजनार्दन प्रकरणः छानबिन समितिले जेठको सीसीटीभी फुटेज माग्दा अर्थले असारको दियो गगनले तत्कालिन समयमा बाख्रा पालनका नाममा के कति अनुदान लिएका थिए र बाख्रा पालन नगरी कसरी त्यो अनुदानको दुरुपयोग गरेका थिए भन्ने कुरा पत्ता लगाउन अर्कोतिर आफ्ना मान्छे पनि खटाए ।न उनले खटाएका मान्छेले गगनले अनुदान लिएर बाख्रा पालन नगरेको पुष्टि गर्न सके, न कृषि सचिवले नै अनुदान लिएको कुनै प्रमाण सहितको रिपोर्ट दिन सके । त्यसपछि गगन थापामाथि ‘बाख्रा पालन प्रकरण’को विषय उक्काएर प्रहार गर्ने जनार्दन शर्माको प्रयास असफल भयो ।यस विषयमा गगन थापाले पनि आफूले बाख्रा पालन गर्न अनुदान नलिएको दाबी गर्न सकेका छैनन् । बरु घुमाउरो गरी गगनले पनि अनुदान लिएको स्वीकार नै गर्दै आएका छन् । काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर केशव स्थापितले पनि बेला बेला कुरा उक्काउने गरेका छन् । जनार्दनकै त्रासले कर्मचारीले प्रमाण दिएनन्अर्थसचिव मधु मरासिनी जनार्दन शर्माले राजीनामा दिँदा बिदामा थिए । अर्थमन्त्रीका रुपमा शर्मा कायम रहेसम्म काममा नफर्किने भनेर बिदामा बसेका मरासिनी जनार्दनले राजीनामा दिएको भोलिपल्ट असार २३ गते नै काममा फर्किए । उनी काममा फर्किएपनि छानबिन समितिलाई सहयोग गरेका छैनन् । कतै न कतै आफू पनि मुछिने डरले उनले छानबिन समितिलाई जेठको भनेर असारको सीसीटीभी फुटेज दिए ।अहिले पनि जनार्दन शर्मा पुनः अर्थमन्त्रीका रुपमा फर्किने भयले कर्मचारीहरु छानबिन समितिलाई असहयोग गरिरहेका छन् ।

अर्थमन्त्रालयका अर्थसचिव मरासिनी घर बिदामा

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माका एकपछि अर्को काण्ड सार्वजनिक भइरहेका बेला अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका छन्।अर्थमन्त्रीका हरेक क्रियाकलापमा 'सही छाप' गरेका मरासिनी अर्थमन्त्री शर्मालाई हटाउन दबाब परिरहेका बेला घर बिदामा बसेका हुन्। यसबारेमा बुझ्न खोज्दा मरासिनी सम्पर्क आएनन् भने मन्त्रालयका अधिकारीहरुले भने बिदामा बसेको पुष्टि गरेका छन्। अर्थसचिवको सचिवालयले आज एक…