सत्तारुढ दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले अझै पूर्णता नपाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् उपसभापति निधिले छिटोभन्दा छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिन पनि प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका नेताहरूसँग माग गरेका हुन् ।गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसर पारेर शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ८१ दिन बित्दासमेत सरकारले पूर्णता नपाएकोमा दुःखसमेत व्यक्त गरे । उपसभापति निधिले भने, ‘मन्त्रीमण्डलले अझै पूर्णता नपाउनू भनेको सार