नेपाल सरकारका रक्षा मन्त्री तथा नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले नेपाली काँग्रेस केपी ओलीलाई एक्लाउने पक्षमा नरहेको बताएका छन् । केही दिन अघि गठबन्धन सरकारको साझेदार दल नेकपा माओवाद केन्द्रका अध्यक्ष प्रचण्डले वर्तमान सरकारको गठबन्धन चुनाव सम्म कायम रहने कुराको खण्डन गर्दै मन्त्री रिजालले कुनै दल विशेषलाई एक्लाउने पक्षमा काँग्रेस नरहेको बताए ।