राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको खिल्ली उठाएको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता तथा कार्यकर्ताहरूले बुधबार राजविराजमा प्रदर्शन गरेका छन् । लोसपाका नेताहरूले सार्वभौम संसद्बाट पारित भएको विषयलाई प्रमाणीकरण नगरेर राष्ट्रपतिले संसदीय प्रणालीको समेत उपहास गरेकाले तत्काल राजीनामा दिनुपर्ने माग गरे ।