जनमत पार्टीले गर्‍यो राष्ट्रपतिविरुद्ध प्रदर्शन

जनकपुरधाम – डा. सिके राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयक फिर्ता गरेको विरोधमा प्रदर्शन गरेको छ। सोमबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिराहाको गोलबजार सडकखण्ड अवरुद्ध गरी जनमत पार्टीका कार्यकर्ताले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्। प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भइ प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुगेको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार फिर्ता गरेकी छन्। जसको […]