वीरगंज : दशैंको सातौं दिन आज फूलपाती। घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइँदैछ।
आर्थिक नगरी वीरगंजको गहवामाईमा पनि विशेष पूजापाठ गरी फूलपाती भित्र्याइएको छ। फुलपाती लिन आज विहान साढे ७ बजे नेपाली सेनाको वीरगंजस्थित चण्डीप्रसाद गणबाट डोला निकालिएको थियो। बिहान ८ बजे मालपोत कार्यालय पर्सामा रहेको निशान भगवतीको…